थपिए ४ नयाँ संक्रमित, ३८ जना कोरोना मुक्त – Himalayan Dainik

थपिए ४ नयाँ संक्रमित, ३८ जना कोरोना मुक्त


थपिए ४ नयाँ संक्रमित, ३८ जना कोरोना मुक्त

काठमाडौं – देशभर पछिल्लो समय ९४० जनाको कोरोना परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।

हालसम्म कोरोना संक्रमणका कारण १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

३८ जना कोरोना मुक्त भएका छन्। हाल कुल २६३ सक्रिय संक्रमित छन्।