एनसेलको ई–सिम वितरण सुरू – Himalayan Dainik

एनसेलको ई–सिम वितरण सुरू


एनसेलको ई–सिम वितरण सुरू

काठमाडौँ –  एनसेलका ग्राहकहरूले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ ।

यससँगै ग्राहकले ई–सिमचल्ने मोबाइलमा ई–सिमको प्रयोगमार्फत फाइदा लिन सक्छन्। ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइलवा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिने कम्पनीले बताएको छ ।

यो भौतिक रूपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।