चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रदर्शन – Himalayan Dainik

चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रदर्शन


चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रदर्शन

एजेन्सी – चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ ।

गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि विरोध प्रदर्शन भइरहेको हो । विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।

चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको  बीबीसीले जनाएको छ । उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रमण फैलिएको छ ।