ठूला दललाई रवि लामिछानेको चेतावनी: नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ – Himalayan Dainik

ठूला दललाई रवि लामिछानेको चेतावनी: नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ


ठूला दललाई रवि लामिछानेको चेतावनी: नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् ।

चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताए ।

‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन्, मौकाको दुरुपयोग नगर्नु होला, जनताको पक्षमा काम गर्नुहोला’, लामिछानेले भने, ‘अन्यथा अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ, यो रोकिनेवाला छैन ।’

लामिछानेले जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताए ।