६ जनामा कोरोना संक्रमण, ३० जना डिस्चार्ज – Himalayan Dainik

६ जनामा कोरोना संक्रमण, ३० जना डिस्चार्ज


६ जनामा कोरोना संक्रमण, ३० जना डिस्चार्ज

काठमाडौँ –  थप ६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ८६५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ सय ४५ जना रहेका छन ।

मन्त्रालयका अनुसार ३० आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ५०१ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।