रविलाई अँगालो मार्दै कृष्णभक्तको शुभकामना–तपाईंलाई पूर्ण सहयोग गर्छु – Himalayan Dainik

रविलाई अँगालो मार्दै कृष्णभक्तको शुभकामना–तपाईंलाई पूर्ण सहयोग गर्छु


रविलाई अँगालो मार्दै कृष्णभक्तको शुभकामना–तपाईंलाई पूर्ण सहयोग गर्छु

काठमाडौँ – नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले चितवन क्षेत्र नम्बर २ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेलाई बधाई दिएका छन् । उनले रविलाई जतीबेला सहयोग चाहिए पनि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

विशेषगरी विधि निर्माणमा तपाईंलाई स्वभाविक रूपमा सहयोग हुन्छु, बधाई दिँदै पोखरेलले भने । यस्तै पोखरेलको अनुभवबाट सिक्नुपर्ने कुराहरू नहिच्किचाई सिक्ने लामिछानेले बताए ।

‘अनुभवी मान्छेबाट सिक्नुपर्ने कुराहरू सिक्दा मलाई कत्ति पनि हिच्किचाहट हुँदैन । तपाईंहरुले एउटा सुन्दर बगैँचा बनाउनुभएको छ । त्यसलाई जर्गेना गर्ने र नेपाली नागरिकको आधारभूत आवश्यकता पूरा गर्न आफूलाई समर्पित गरेर काम गर्छु,’ उनले भने, ‘कहीँ कतै पनि चुक्ने छैन । कहीँ कतै बाटो बिराए भने खबरदारी गर्नुहोला।’