लुम्बिनी प्रदेश सभा सदस्यमा २८ वर्षीय उम्मेदवार अनुराग खड्का विजयी – Himalayan Dainik

लुम्बिनी प्रदेश सभा सदस्यमा २८ वर्षीय उम्मेदवार अनुराग खड्का विजयी


लुम्बिनी प्रदेश सभा सदस्यमा २८ वर्षीय उम्मेदवार अनुराग खड्का विजयी

काठमाडौँ – दाङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा विजयी भएका छन। उनी १६ हजार २ सय २२ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरे।

खत्रीलाई ३ हजार ५२ मतान्तरले पराजित गर्दै खड्का विजयी भए । उनी स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । उनी लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुन ।