कतार विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै :पोर्चुगलले घाना र ब्राजिलले सर्बियासँग खेल्दै – Himalayan Dainik

कतार विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै :पोर्चुगलले घाना र ब्राजिलले सर्बियासँग खेल्दै


कतार विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै :पोर्चुगलले घाना र ब्राजिलले सर्बियासँग खेल्दै

काठमाण्डौ – फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘जी’ र समूह ‘एच’ का दुईरदुई वटा खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड र क्यामरुन खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

यस्तै, आजको अर्को खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । विश्व कप फुटबल अन्तर्गत नै आज हुने तेस्रो खेलमा पोर्चुगल र घाना खेल्दैछन् । समूह ‘एच’ को पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै,आज राति हुने खेलमा ब्राजिल र सर्बिया प्रतिस्पर्धा गर्नेछन् । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । विश्व कप फुटबलमा आज बिहान भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हराउँदै विजयी सुरुआत गरेको छ ।

त्यस्तै स्पेनले कोस्टारिकालाई ७–० गोलको फराकिलो अन्तरले हरायो । हिजो भएको खेलमा जापानले जर्मनीलाई २–१ को गोलले हरायो । क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् ।