विश्व कपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोलले हरायो – Himalayan Dainik

विश्व कपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोलले हरायो


विश्व कपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोलले हरायो

काठमाण्डौ – फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।

आज मङ्गलवार लुसेल रङ्गमञ्चमा भएको खेलमा साउदीले अर्जेन्टिनलाई दुई–एक गोल अन्तरले हरायो । पहिलो हाफमा १–० ले पछि रहेको अवस्थामा साउदीले दोस्रो हाफमा २ गोल फर्कायो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले पेनाल्टीमार्फत गोल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गोल गरे । यो हारसँगै अर्जेन्टिनाको लगातार ३६ खेलको अपराजित यात्रामा ब्रेकु लागेको छ ।