हजयात्रीको कोटा बढाउन माग – Himalayan Dainik

हजयात्रीको कोटा बढाउन माग


हजयात्रीको कोटा बढाउन माग

काठमाडौँ – नेपाल हज समितिले साउदी अरबको मक्कामदिनामा जाने हजयात्रीको कोटा बढाइदिन सरकारसँग माग गरेको छ । नेपालबाट हजयात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरू धेरै हुने तर जान पाउने संख्या निकै कम भएको समितिको भनाइ रहेको छ ।

आज बुटवलमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष शमशेर मियाले नेपाल सरकारले साउदी अरब सरकारसँग उच्चस्तरीय वार्ता गरेर हजयात्रामा जाने धर्मावलम्बीको माग सम्बोधन गर्नुपर्ने बताए । नेपालका २ हजार जना भन्दा धेरैले हजयात्रा गर्न हज समितिमा नाम दर्ता गराए पनि मुस्किलले ६ सय जना पाउने बताए । उनले नेपाल सरकारले साउदी सरकारसँग वार्ता गरेर इस्लाम धर्मावलम्बीको माग सम्बोधन गर्नको लागि कोटा वृद्धि गर्नु पर्ने बताए । हरेक वर्ष बकर इदका बेला विश्वभरका लाखौँ इस्लाम धर्मावलम्बी डेढ महिनाका लागि साउदी अरबको मक्कामदिना जाने गर्दछन् ।