नुवाकोट २ (क) मा माओवादीको फराकिलो अग्रता – Himalayan Dainik

नुवाकोट २ (क) मा माओवादीको फराकिलो अग्रता


नुवाकोट २ (क) मा माओवादीको फराकिलो अग्रता

काठमाडौँ –  नुवाकोट क्षेत्र नं. २ प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उमेदवार रामप्रसाद ढुंगानाले फराकिलो मतान्तरले अग्रता कायम गरिरहेका छन् । हालसम्म गणना भएको ६७९९ मतमा ढुंगानाले ३५०७ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव पाण्डेले १८८३ मत प्राप्त गरेका छन् । ढुंगाना र पाण्डेबीचको मतान्तर १६२४ रहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी गीता अमात्य ७४९ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।