साहित्यिक कार्यक्रम बहकिने मनका प्रस्तोता महाविर विश्वकर्माको दुर्घटनामा परि निधन – Himalayan Dainik

साहित्यिक कार्यक्रम बहकिने मनका प्रस्तोता महाविर विश्वकर्माको दुर्घटनामा परि निधन


साहित्यिक कार्यक्रम बहकिने मनका प्रस्तोता महाविर विश्वकर्माको दुर्घटनामा परि निधन

काठमाडौँ – चर्चित साहित्यिक कार्यक्रम बहकिने मनका प्रस्तोत संचारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परि निधन भएको छ । उनको आज बिहान चितवनमा निधन भएको हो ।

बिग्रिएर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको माइक्रो बस ठोक्किदाँ राप्ती नगरपलिका ६ का विश्वकर्माको निधन भएको प्रहरीले जनाएको छ ।

३५ वर्षीय विश्वकर्माको बहकिने मन कार्यक्रम चर्चित साहित्यिक कार्यक्रम श्रोताले खुब रुचाएको कार्यक्रम हो । उनी सुरुमा रेडियो सिआइएन मार्फत कार्यक्रम प्रसारण गरेर सीआइएनको छवि उच्च बनाएका थिए । हाल उनी रेडियो थाहा संचारमा उहीँ साहित्यिक कार्यक्रम बहकिने मन चलाउने गर्दथे । उनको उक्त कार्यक्रम श्रोताले धेरै रुचाउने कार्यक्रम हो ।