काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई चुनाव प्रचारमा कांग्रेसले रोक्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न भन्दै डडेल्धुरा पुगेर उम्मेदवारी दिएका छन् । केही दिनअघि ढकाललाई निर्वाचन प्रचारमा अवरोध गरिएको भन्ने समाचार प्रकाशित भएको थियो । तर, निर्वाचन आचारसंहिताका कारण उनको प्रचारमा अवरोध पुगेको बताइएको थियो ।
सोही प्रसंगमा प्रवक्ता महतले देउवाले सहज जित निकाल्ने संकेत गर्दै ढकाललाई प्रचारमा अवरोध पुर्याउनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरेका हुन् ।
‘सागर ढकाललाई डडेल्धुरामा सभापतिले रोक्नुपर्ने आवश्यकता छैन,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महतले भने, ‘सानो भाइ चुनाव अड्न गाएका छ्न् हामीले किन प्रभाव पार्ने रु’
महतले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । ‘नेतृत्वको सवालमा प्रचण्डजीले बुझाइ छ भन्नुभएको छ,’ गठबन्धन नटुट्ने दाबी गर्दै महतले भने, ‘योभित्र टुटफुट हुन्छ भन्ने सोच्छ भने त्यो मृगतृष्णा हुन्छ ।’