‘महापुरूष’ हेर्न पच्चीस वर्षपछि हल पुगे कुलमान – Himalayan Dainik

‘महापुरूष’ हेर्न पच्चीस वर्षपछि हल पुगे कुलमान


‘महापुरूष’ हेर्न पच्चीस वर्षपछि हल पुगे कुलमान

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फिल्म ‘महापुरूष’ हेरेका छन्।

उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा रहेको एफएक्युब सिनेमाजमा पुगेर फिल्म हेरेका हुन्। मह जोडीको अभिनय रहेको र फिल्मलाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर विदाको समय सदुपयोग गरेको उनले बताए।

साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले आफूलाई मन पर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिए।
उनले फिल्मले उठान गरेको कथावस्तु, कलाकारको अभिनयको प्रसंशा गरे। महापुरूष रुपी मानवको मन भित्र गुम्सिकेको वास्तविकतालाई देख्न पाएँको र नोरंजनसँगै शिक्षा दिने पक्ष सशक्त रहेको प्रतिक्रिया दिए। निर्देशक घिसिङलाई दर्शकको रुपमा हलमा पाउँदा आफू उत्साहित भएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए।

रेका छन्।