रूसका राष्ट्रपति पुटिन जी–२० शिखर सम्मेलनमा सहभागी नहुने – Himalayan Dainik

रूसका राष्ट्रपति पुटिन जी–२० शिखर सम्मेलनमा सहभागी नहुने


रूसका राष्ट्रपति पुटिन जी–२० शिखर सम्मेलनमा सहभागी नहुने

एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो कात्तिक २९ र ३० गते इन्डोनेसियाको बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने भएका छन ।

विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–२० शिखर सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने रूसी दूतावासले जनाएको छ ।

पश्चिमा देश र युक्रेनले सम्मेलन आयोजक इन्डोनेसियालाई मस्कोको निन्दा गर्न र पुटिनलाई दिएको निमन्त्रणा फिर्ता लिन दबाब दिएका थिए । यो दबाबका बीच रुसी राष्ट्रपति पुटिन सम्मेलनमा सहभागी नहुने समाचार सार्वजनिक भएपछि कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसलाई समूहबाटै निष्कासन गर्न आह्वान गर्नुभएको थियो । इन्डोनेसियाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा अतिथिको रूपमा भाग लिन निम्तो दिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले रूसी राष्ट्रपति शिखर बैठकमा सहभागी भएमा आफू सहभागी नहुने भएको सीएनएनले जनाएको छ ।