विराटनगर – एमाले नेताजीवन घिमिरे २०३५ सालमाएमालेमा आबद्ध भए । पार्टीमालागेको लामो समयपछि उनी राजकीयजिम्मेवारीमापुगेकाथिए ।लामो राजनीतिकजीवनमा घिमिरेलाई राजकीयजिम्मेवारी भने मिलेन । २०५६ को आमनिर्वाचनमामोरङ ७ बाट उनले उम्मेदवारी नदिएकाहोइनन् । त्यतिबेलाउनले नेपालीकांग्रेसकी नेतृ शैलजाआचार्यसँग प्रतिस्पर्धा गरेकाथिए ।परिणाम उनको पक्षमाआएन ।
पार्टीमा आबद्ध भएको ९ वर्षपछि २०४४ सालमातत्कालीन नेकपामालेको विराटनगर नगर कमिटी गठन भयो । पार्टी स्थायी कमिटी सदस्य, पूर्वाञ्चलप्रमुखएवं कोशीअञ्चलइन्चार्ज मदन भण्डारी नै सचिव बसे । उपसचिवको जिम्मेवारी घिमिरेलाई दिए । मदन भण्डारीले झापाबाट सुनसरी हुँदै मोरङ तानेका घिमिरेलाई सुरुमै सचिवबनाउनचाहन्थे । तर नयाँ ठाउँमा उनको कुनै जान–पहिचानथिएन । पार्टीपंक्तिले उनलाई सहजै स्वीकार नगर्न पनि सक्थ्यो ।
६ महिनापछि पार्टीको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिवतोक्यो र उनको काठमाडौं सरुवाभयो । अन्ततःनगर कमिटीको पार्टी सचिवको जिम्मेवारी घिमिरेको काँधमाआयो । झापाबाट २०३९ मा सुनसरी झरेदेखि नै मदन भण्डारीसँगउनको नियमित सम्पर्क भयो । त्यतिबेलामदनकोसी अञ्चलविद्यार्थी फाँट फ्य्राक्सनइन्चार्ज समेत थिएभने घिमिरे सदस्य । २०४४ सम्मउनीमदनको सान्निध्यमा बसे ।
०३५ सालदेखि एमालेमा आबद्ध भएर राजनीतिमा सक्रिय घिमिरे अघिल्लो ०७४ को प्रदेशसभानिर्वाचनमामोरङ ४ (ख) बाट निर्वाचितभए । प्रदेशसभामानिर्वाचित घिमिरे ०७४ फागुनमा शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारको सामाजिकविकास मन्त्री समेत रहेका घिमिरेले प्रदेश सरकारमा रहँदा ३ वर्ष समग्र प्रदेशको विकासमाआफ्नो ध्यान केन्द्रीत गरे । विकास प्रेमी नेता घिमिरे आगामीमंसिर ४ गते हुने निर्वाचनमामोरङ ४ (ख) मा नेकपाएमालेबाट उम्मेदवार भएका छन ।
प्रदेशको स्वास्थ्य, शिक्षा, खेलकुद, सूचनाप्रविधि, भाषा संस्कृति, महिला, बालबालिका, जेष्ठ नागरिकको क्षेत्रमाउनको योगदानअतुलनिय रहेको छ । स्वास्थ्य क्षेत्रको संस्थागतविकास, प्राकृतिकचिकित्सा, कोभिड १९, प्रविधिमैत्रीशिक्षा, प्रदेशको भाषा संरक्षण, खोज, महिलाको शशक्तिकरण, बालमैत्रीप्रदेशको परिकल्पना घिमिरेकै कार्यकालमाप्रदेशका अघि बढेको हो । कोभिड १९ को खोज, उपचारमा सातवटै प्रदेश मध्ये प्रदेश १ माउत्कृष्ट व्यवस्थापन घिमिरेले नै गरेकाथिए ।समग्र प्रदेशसँगै निर्वाचन क्षेत्रमापनिउनको योगदानउत्तिकै छ ।
निर्वाचन क्षेत्रको सडक, भौतिकपूर्वाधारको निर्माण, स्वास्थ्य, शिक्षा, खेलकुदमा महत्पूर्ण योगदानउनले गरेका छन् । प्रविधिमैत्रीविद्यालय, एक पालिका एक खेल मैदान, जेष्ठ नागरिक दन्तउपचार लगायतकादर्जनौं नविनतम् कार्य घिमिरेकै कार्यकालमाप्रदेश सरकारले अघि बढाएको थियो । एक सफलव्यक्ति नेतृत्वमापुग्दा कसरी समग्र विकास गर्न सक्छ भन्ने उदाहरण उनले दिएकाथिए । प्रदेश योजनाआयोगले गरेको प्रदेशकामन्त्रालयहरुको मूल्यांकनमा सामाजिकविकास मन्त्रालयलाई घिमिरेले आफ्नो कार्यकालभरि सर्वाेउत्कृष्ट बनाएकाथिए ।
०३६ सालमाझापाशिवगञ्जको जन आदर्श माविको स्ववियु सभापतिबाट शुरु भएको राजनीतिकयात्राअहिले केन्द्रीय सदस्यतथाप्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । राजकाज मुद्धामा ५ वर्षभूमीगतजीवनविताएका घिमिरेको मुद्धा ०४६ माफिर्ता भएको थियो ।
एमाले नेता घिमिरे सामाजिक संघ संस्थामापनिउत्तिकै सक्रिय छन् ।विराटराजा दरवार खोज तथा संरक्षण समिति संस्थापकअध्यक्ष, नेपाल योग तथाप्राकृतिक संघको उपाध्यक्ष, लायन्स क्लव ३२१ ए वान ब्राण्ड एम्वेसडर, मनमोहनप्राविधिकविश्वविद्यालय सभा सदस्य, रेडक्रस सोसाईटी लगायतकादर्जनौं संस्थामाउनको सक्रिय सहभागिता रहने गरेको छ ।