काठमाडौँ – बारामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।
बुधबार दिउँसो प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँमा एकै परिवारका तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
गाउँको नागिना पोखरी किनारमा उनीहरू मृत फेला परेको एसपी बोगटीले बताए।
२५ वर्षीया सुजाता चौधरी, उनकी ३ वर्षीया छोरी ताहिरा र १६ महिने छोरा मृत फेला परेका हुन्।
खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ। अहिले एसपी बोगटी पनि जाँदै गरेको बताए।
उनका अनुसार मृतकहरू हिजोदेखि हराइरहेका थिए।
‘पोखरी किनारमा फेला परेको छ। घटना हिजो नै भएको जस्तो देखिन्छ,’ उनले भने, ‘छिमेकीले उनीहरू हराएको भनेर खबर आएको थियो। खोजी गर्दै थियौं, आज शव फेला पर्यो।’
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।