लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो, ६३ करोड २४ लाख रुपैयाँको कारोबार – Himalayan Dainik

लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो, ६३ करोड २४ लाख रुपैयाँको कारोबार


लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो, ६३ करोड २४ लाख रुपैयाँको कारोबार

काठमाण्डौ – शेयर बजार लगातार तेस्रो दिन आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको छ । हिजो ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता शेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कर्पोरेशनको प्रमोटर शेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो ।

आज अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । साम्लिङ पावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।