एन्फाको विशेष साधारण सभा, दुई सदस्यका लागि आज निर्वाचन – Himalayan Dainik

एन्फाको विशेष साधारण सभा, दुई सदस्यका लागि आज निर्वाचन


एन्फाको विशेष साधारण सभा, दुई सदस्यका लागि आज निर्वाचन

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा हुँदैछ। बुधबार दिउँसो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा विशेष साधारण सभा गर्न लागेको एन्फाले जनाएको छ।

साधारण सभाले एन्फा कार्यसमितिमा बाँकी दुई सदस्यका लागि आजै निर्वाचन गर्नेछ।

गत असारमा काठमाडौंमा भएको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन भएका थिए। बाँकी दुई सदस्यका लागि बुधबार निर्वाचन हुन लागेको हो।

त्यति वेला चार सदस्यको मत बराबर भएपछि दुई जना सदस्यको निर्णय हुन बाँकी थियो। दुई सदस्य निर्वािचत भएपछि एन्फा कार्यसमितिले पूर्णता पाउनेछ ।