पूर्वविद्यार्थीहरूको समुह तथा लायन्सहरूद्वारा सामुहिक रक्तदान – Himalayan Dainik

पूर्वविद्यार्थीहरूको समुह तथा लायन्सहरूद्वारा सामुहिक रक्तदान


पूर्वविद्यार्थीहरूको समुह तथा लायन्सहरूद्वारा सामुहिक रक्तदान

भत्तपुर – भक्तपुर जिल्लाको पुरानोमध्येको विद्यालय सरस्वती विद्यागृह माविको पूर्वविद्यार्थी समूह-२०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीको आयोजनामा सोहि विद्यालयको प्राङ्गणमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुर नगरको पुरानो विद्यालय सरस्वती बिद्यागृह माध्यमिक विद्यालयमा २०४२ सालमा एसएलसि दिने गरि अध्ययन गरेका विद्यार्थीहरूको सकृयतामा गठित पूर्वविद्यार्थीहरूको यो समुहले हरेक वर्षजस्तै संविधान दिवस, बडादशैं, शुभदिपावली, छठ लगायतका पर्वहरूसमेतको अवसर पारेर गर्ने गरेको रक्तदान कार्यक्रममा यसपटक लायन्स तथा लियो क्लव अफ अव्वल भ्यालीसमेतको आयोजनामा सम्पन्न भएको कुरा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काले हामीलाई बताउनुभएको हो ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गतको लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट तथा सरस्वती बिद्यागृह पूर्व बिद्यार्थी समुहका संयोजक खड्काका अनुसार काठमाडौं उपत्यकाभर डेंगिनामक एक किसिमको राेगबाट त्रास फैलि रहेको यो विषम परिस्थितिमा बिरामीहरूको लागि अति आवश्यक तत्वको रूपमा रहेको रगतको अभाव रहेको परिस्थितिलाई मध्येनजर गरि भक्तपुर नगरपालिका वडा नं. ९ स्थित सरस्वती विद्यागृह माविको प्राङ्गणमा पूर्वविद्यार्थी समुहका सदस्य, स्थानीय सहभागी तथा लायन्स क्लवका स्वयंसेवकसमेतले रक्तदान गरेका थिए ।

‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने लायन्स अभियानको मुल मन्त्रलाई आत्मसात गर्दै गरिएको उक्त रक्तदान कार्यक्रममा सहभागी भै आफ्नो अमुल्य रगत दान गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो खालको सहयोग प्राप्त गर्ने अभिलाषा राखेको बताइएको छ ।