कार्यदलको बैठक स्थगित, ४ बजे पुनः बस्ने – Himalayan Dainik

कार्यदलको बैठक स्थगित, ४ बजे पुनः बस्ने


कार्यदलको बैठक स्थगित, ४ बजे पुनः बस्ने

काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक स्थगित भएको छ ।

मंगलबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो । एकैछिन बैठक बसे पनि विषय प्रवेश नगरिनै बैठक स्थगित गरिएको हो ।

आजै बेलुकी ४ बजे पुनः बस्नेगरी बिहानको बैठक स्थगित भएको हो । कार्यदलका एक सदस्यका अनुसार बिहान केहीबेर नेताहरु बैठकमा भेला भएको भएपनि औपचारिक छलफल भने भएन् ।‘बिहान केहीबेर नेताहरु बैठकका लागि जम्मा हुनुभएको थियो । पुनः बेलुकी ४ बजेका लागि बोलाइएको छ ।’