सुन-चाँदीको मूल्य बढ्यो - Himalayan Dainik

सुन-चाँदीको मूल्य बढ्यो


सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौं – सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ ।