संविधान दिवसको अवसरमा एमालेको पदयात्रा – Himalayan Dainik

संविधान दिवसको अवसरमा एमालेको पदयात्रा


संविधान दिवसको अवसरमा एमालेको पदयात्रा

काठमाडौं –  नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा आज उपत्यकामा वाकथन (पदयात्रा) गरेर मनाएको छ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको पदयात्रा बसन्तपुर पुगेर समापन भएको हो।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा ‘वाकथन’कार्यक्रम गरेको हो । संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका थिए।

उपत्यकामा एमालेको पदयात्रा आज  संविधान दिवस राष्ट्रिय दिवस भएकाले पार्टीको झण्डा, ब्यानर नबोक्ने नेपालको झण्डा बोकेर उपत्यकामा एमालेको पदयात्रा नयाँ बानेश्वरबाट पदयात्राको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बसन्तपुरमा पुगेपछि सम्बोधन गरेका थिए।

उनले सात वर्षको अवधिका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधारको क्षेत्रमा असाधारण काम गरेको उल्लेख गरे। उनले समावेशी लोकतन्त्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेलेको बताए। संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान (२०७२’जारी भएको थियो।