काठमाण्डौ महानगरमा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु – Himalayan Dainik

काठमाण्डौ महानगरमा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु


काठमाण्डौ महानगरमा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु

काठमाण्डौ –  काठमाण्डौ महानगरपालिकाले डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले डेङ्गी भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन ।

साथै सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर नि:शुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने उनले बताएका छन । यसैबीच, डेङ्गी तीव्र रुपमा फैलिएपछि काठमाण्डौको बुढानीलकण्ठ नगरपालिकाले आउँदो असोज ३ गते परेको संविधान दिवसको अवसर पारेर ‘स्टप डेङ्गी’ अभियान सञ्चालन गर्ने भएको छ ।

टोल सुधार समिति र महिला समूहको सक्रियतामा ‘स्टप डेङ्गी’र‘लामखुट्टे भगाऔँ, डेङ्गु हटाऔंँ’ अभियान सञ्चालन गर्न लागेकाले सबैलाई सहभागी हुन महानगरपालिकाले अनुरोध पनि गरेको छ । काठमाण्डौ उपत्यकासहित देशभर डेङ्गीको सङ्क्रमण फैलिएको छ । अझै दुई महिना डेङ्गीको उच्च जोखिम रहेकाले लामखुट्टे नियन्त्रणमा जोड दिइएको छ । लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।