दलित मानव अधिकार पुस्तक २०७८ सार्वजनिक – Himalayan Dainik

दलित मानव अधिकार पुस्तक २०७८ सार्वजनिक


दलित मानव अधिकार पुस्तक २०७८ सार्वजनिक

काठमाडौँ – दलित मानव अधिकार पुस्तक २०७८सार्वजनिक भएको छ।

समता फाउन्डेसनको आयोजना तथा नेपाल पत्रकार महासंघ केन्द्रीय दलित विभागको समन्वयमा भएको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकमा जातका आधारमा भएका हिंसात्मक घटनाबारे विश्लेषण गरिएको छ।

दलित सम्बन्धी कर्णाली प्रदेशको न्यायिक अवस्थालाई पुस्तकमा विशेष महत्वपूर्ण दिइएको छ, समता फाउन्डेसनका अध्यक्ष प्रदिप परियारले भने।

२१औं शताब्दीमा पनि दलित समुदायमाथि जातकै कारण विभेद गरी हत्या गर्नु दुःखद रहेको उनले बताए।

कार्यक्रममा मानवअधिकार सुनिश्चिताको लागि संचार क्षेत्रको भूमिकाबारे छलफल भएको थियो। छलफलमा मधेसी दलित समुदाय, दलित महिला, बालबालिकाहरूको सहभागिता, हकअधिकारको बारे विषयलाई उठाइएको थियो।

पुस्तकलाई राजेन्द्र महर्जन र अर्जुन विश्वकर्माले सम्पादन गरेका हुन् भने अधिवक्ता प्रकाश नेपाली, रोजी विसुंके, प्रकृति बुढामगरले अनुसन्धान गरेका छन्।