‘मिसेस टुरिजम’ नेपालको प्रतिनिधित्व मुदिताले गर्ने (फोटो सहित ) – Himalayan Dainik

 ‘मिसेस टुरिजम’ नेपालको प्रतिनिधित्व मुदिताले गर्ने (फोटो सहित )


 ‘मिसेस टुरिजम’ नेपालको प्रतिनिधित्व मुदिताले  गर्ने (फोटो सहित )

काठमाडौँ — थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता   ‘मिसेस टुरिजम ’ नेपालको प्रतिनिधित्व मुदिता तुलाधरले गर्ने भएकी छिन । मिसेस टुरिजमको लागि नेपाली अधिकारीक संस्था ई —प्लानेटले काठमाडौँमा एक कार्यक्रमका  बिच तुलाधरलाई ‘मिसेस टुरिजम  नेपाल २०२२’ को क्राउन पहि¥याउँदै प्रतियोगिताका लागि आधिकारीकता प्रदान गरेको हो ।

हुकुम दरबारमा कमलपोखरीमा आयोजित कार्यक्रममा तुलाधरलाई सन २०१९ की मिसेस युनिभर्स नेपाल अनिला श्रेष्ठले क्राउन लगाइदिएकी थिइन । काठमाडौँ निवासी दुई बच्चाकी आमा तुलाधरले क्राउनले आफुलाई जिम्मेवारी थपिएको महसुस भएको बताइन ।

उनि सेटेम्बर २३ मा नेपालबाट थाइल्याण्ड प्रस्थान गर्नेछिन । विदेशी आगन्तुक तथा लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने र राष्ट्रिय भावना अभिवृद्धि गर्ने उद्देश्यले ‘मिसेस टुरिजम २०२२’को फ्रेन्चाइ नेपालमा भित्र्याइएको आयोजक इ –  प्लानेट मिडिया नेपालका सन्तोष सापकोटाले बताए ।

ग्रिन आर्ट्स मिडियाले व्यवस्थापन गरेको प्रतियोगितामा नेपा डान्स एकेडेमीको सहयोग रहेको समेत बताइएको छ ।

क्राउनिङ  कार्यक्रममा रोजिन शाक्य (इन्टरनेसनल कोरियोग्राफर), मिसेस रोहिया महर्जन (इन्टरनेशनल डान्स कोरियोग्राफर ),मिसेस परी परिन्दा श्रेष्ठ( मिसेस हेरिटेज नेपाल २०२२ ), प्रविन लाकौल (सिइओ –  ग्रिन आट्स मिडिया लगायतको उपस्थित रहेको थियो ।