काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मानसिक स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वाग्रही ढंगले उत्रिएका हुनाले विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य परीक्षण गराउन माग गरेका हुन्।
उनले भने, ‘न्यायालयको बोझ सावित भइसकेका चोलेन्द्रले महाभियोगमा बयान दिँदै गर्दा पद र गोपनीयताको शपथ खादाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही, आवेगमा आएर, स्मरण शक्ति गुमाएर, चरित्र हत्या गर्ने कसैको गाली गर्ने कसैको र कसैको जयजयकार गर्ने गरेकाले कानूनमा भएको व्यवस्थाअनुसार विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गराउन पाउन व्यवस्था छ। त्यही अनुसार म समितिको ध्यानाकर्षण गराउँछु।’