गुल्मी क्षेत्र-१ का लागि कांग्रेसबाट चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस – Himalayan Dainik

गुल्मी क्षेत्र-१ का लागि कांग्रेसबाट चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस


गुल्मी क्षेत्र-१ का लागि कांग्रेसबाट चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस

काठमाडौं – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले गुल्मीको क्षेत्र नम्बर-१ बाट नेता चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार गुल्मी क्षेत्र नम्बर-१ समितिको बैठकले नेता चन्द्र भणडारी, युवराज कंडेल, चन्द्र केसी र पारिश्वर ढकालको नाम सिफारिस गरेको गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिए ।

यस्तै सभापति पन्थीका अनुसार कांग्रेस गुल्मी क्षेत्र नम्बर-२ बाट चन्द्र केसी, त्रैलोक्यप्रताप सेन र डा. दामोदर भुसालको नाम सिफारिस भएको छ ।