देशभर डेङ्गु संक्रमितको संख्या चार हजार माथि पुग्यो – Himalayan Dainik

देशभर डेङ्गु संक्रमितको संख्या चार हजार माथि पुग्यो


देशभर डेङ्गु संक्रमितको संख्या चार हजार माथि पुग्यो

काठमाडौँ – देशभर डेङ्गु संक्रमितको संख्या चार हजार १०४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुनदेखि अगष्टसम्म सबैभन्दा बढी तीन हजार ९९३ जनामा डेङ्गु पुष्टी भएको छ ।

डेङ्गुबाट सबैभन्दा धेरै ललितपुरमा एक हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । देशभर बढी संक्रमित देखिनेमा काठमाडौँ उपत्यकाका काठमाडौँ , भक्तपुर र ललितपुरसहित धादिङ, रुपन्देही, तेह्रथुम, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची रहेका छन् ।

महाशाखाका अनुसार हालसम्म ६८ जिल्लाहरुमा एक वा एकभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।