काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा बादललाई मातृशोक परेको छ ।
उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।
उनकी आमाको निधनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।