ललितपुर महानगरले पनि अनधिकृत संरचना हटाउन थाल्यो – Himalayan Dainik

ललितपुर महानगरले पनि अनधिकृत संरचना हटाउन थाल्यो


ललितपुर महानगरले पनि अनधिकृत संरचना हटाउन थाल्यो

काठमाडौँ – ललितपुर महानगरपालिकाले पनि नियम विपरीत बनाइएका संरचना हटाउन सुरु गरेको छ । लगनखेलमा आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।

ठेक्कामा दिएको त्यो भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो । महानगरपालिकाले फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ पनि कारबाही गर्न मिल्ने भएकाले नगर प्रहरीको टोलीले भत्काएको उनले जानकारी दिए । भोलि शनिवारदेखि भने निर्माण सामग्री राखेर सडकमा हिँड्न अप्ठ्यारो भएका संरचना हटाइने उनले बताए ।

यस्तै पत्र बुझाउनुपर्ने अनधिकृत संरचना भत्काउन भने दशैँसम्मको समय दिइएको उनले बताए। महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । निर्देशन नमानेमा नगर प्रहरीको टोली गएर भत्काउन बाध्य हुने हाछेथुले बताए।

काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान सुरु गरेपछि देशका विभिन्न नगरपालिकाले पनि अनधिकृत संरचना हटाउने अभियान सुरु गरेका छन् ।