रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कल सेन्ट स्थापना – Himalayan Dainik

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कल सेन्ट स्थापना


रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कल सेन्ट स्थापना

काठमाठडौँ –  रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगरवासीलाई आपतकालीन सेवाको लागि सम्पर्क केन्द्र (कल सेन्टर)स्थापना गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाबाट सञ्चालन भएका एम्बुलेन्स तथा अन्य आपतकालीन सेवाको सहजता र प्रभावकारीताको लागि कल सेन्टर स्थापना गरेको जनाएको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एम्बुलेन्स सेवा तथा अन्य आपतकालीन सेवाको व्यवस्थित र सहज पुहँच स्थापनाको लागि कल सेन्टर स्थापना गरिएको बताए ।

उनका अनुसार यस सेवाको लागि सर्वसाधारणले ९८५८०६७२११ मोबाइल नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्ने पनि बताइएको छ ।