जुवातास खेलिरहेको अवस्थामा डोटीमा १२ जना पक्राउ – Himalayan Dainik

जुवातास खेलिरहेको अवस्थामा डोटीमा १२ जना पक्राउ


जुवातास खेलिरहेको अवस्थामा डोटीमा १२ जना पक्राउ

काठमाडौँ – डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिका–६ बस्ने २४ वर्षीय लोकेन्द्र साउद समेत १२ जना छन् । उनीहरुलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार २५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।