सुनको मूल्य तोलामा एक सयले घट्यो – Himalayan Dainik

सुनको मूल्य तोलामा एक सयले घट्यो


सुनको मूल्य तोलामा एक सयले घट्यो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको मूल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।