चितुवाको आक्रमणबाट आमा छोरा घाइते – Himalayan Dainik

चितुवाको आक्रमणबाट आमा छोरा घाइते


चितुवाको आक्रमणबाट आमा छोरा घाइते

काठमाडौँ – चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते भएका छन् ।

घाइते हुनेमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

‘नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहेका रहेछन् । त्यतिकैमा चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेछ । थाहा पाएर लखेट्न खोज्दा उनलाई पनि आक्रमण गरेको हो,’ डीएसपी खड्काले बताए ।