काठमाडौँ – लगातारको वर्षाका कारण दाङको घोराही–तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ ।
घोराहीको सेवार खोला र तुलसीपुर नजिक रहेको काला खोलामा आएको बाढीका कारण सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए । पानी पर्न नरोकिएकाले पदैल यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
नदी किनारमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन प्रहरीको आग्रह छ । यसैबीच दाङको घोराहीदेखि रोल्पाको होलरी शहीद मार्ग पनि ठप्प छ । ठाउँ ठाउँमा खसेको लेदोसहितको पहिरोका कारण घोराही– होलेरी सडक अवरुद्ध भएको हो ।
यस्तै, राप्ती राजमार्गको दाङ–सल्यान सडक खण्ड पनि बन्द छ ।