डा .केसीले सरकारलाई दिए दुई साता, माग पूरा नभए २७ भदौदेखि अनशन – Himalayan Dainik

डा .केसीले सरकारलाई दिए दुई साता, माग पूरा नभए २७ भदौदेखि अनशन


डा .केसीले सरकारलाई दिए दुई साता, माग पूरा नभए २७ भदौदेखि अनशन

काठमाडौं – प्राडा गोविन्द केसीले आफ्नो पूर्वनिर्धारित अनशन दुई साताका लागि स्थगित गरेका छन्। यसअघि उनले भदौ १२ देखि २० औँ अनशन शुरु गर्ने घोषणा गरेका थिए।

आफ्ना माग पूरा गर्न केही समय सरकारले मागेकाले सत्याग्रह दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। दुई सातामा माग पूरा नभए यही भदौ २७ गतेदेखि सत्याग्रह शुरु गर्ने डा केसीले बताए।

केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएका दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालमा तत्काल हालको बेड संख्याअनुसार दरबन्दी बढाउन माग गरेका छन्।

उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न पनि माग गरेका छन्। गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरू नियन्त्रण गरिनुपर्ने लगायतका माग उनले अघि सारेका छन्।