कांग्रेसले अति गर्‍यो भने वाममोर्चा बनाएर चुनावमा जानुपर्छ : अध्यक्ष प्रचण्ड – Himalayan Dainik

कांग्रेसले अति गर्‍यो भने वाममोर्चा बनाएर चुनावमा जानुपर्छ : अध्यक्ष प्रचण्ड


कांग्रेसले अति गर्‍यो भने वाममोर्चा बनाएर चुनावमा जानुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको बताएका छन ।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तोबताएका हुन ।

प्रचण्डले कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चासमेत बनाएर अगाडि बढ्ने बताएका हुन । उनले भने , ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदै। कांग्रेसले सिट बाँडफाँटमा निहु खोजीरहेको छ । त्यसकारण संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौँ।‘