काठमाडौं – काठमाडौं महानगरपालिकाले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा एक लाइन पार्किङको व्यवस्था गरेको छ।
सवारीसाधनको चाप बढेपछि पार्किङलाई थप व्यवस्थित बनाउन महानगरले शुक्रबारदेखि एक लाइन पार्किङको व्यवस्था लागु गरेको हो।
पहिलेदेखि नै एक लाइन पार्किङको व्यवस्था भएपनि मापदण्ड विपरित पार्किङ हुँदै आएको थियो। त्यसैले यसलाई कडाइका साथ लागु गरिएको महानगर
बिहीबार नै महानगरबाट एक लाइन पार्किङ गर्न आदेश आएको पार्किङमा कार्यरत कर्मचारीले बताए।
शुक्रबार नै आदेश आएता पनि पार्किङ गरेको स्थल भरिसकेको हुँदा व्यस्थापन गर्न कठिन भएको कारण शुक्रबारदेखि लागु गरिएको उनले बताए।
महानगरले भूगोलपार्क क्षेत्र, धर्मपथ क्षेत्र र पिपल्स प्लाजा क्षेत्रमा एक लाइन पार्किङ कडाइसाथ लागु गरेको छ।
यस्तै पार्किङ स्थलमा दुई लाइन पार्किङ गरे कर्मचारी र सवारीधनी दुवैलाई महानगरले कारबाही गर्ने बताएको छ।