अब कानुन मिच्न दिने छैनौँ, अनधिकृत रुपमा बनाइएका संरचना महानगरले हटाउँछ – बालेन शाह – Himalayan Dainik

अब कानुन मिच्न दिने छैनौँ, अनधिकृत रुपमा बनाइएका संरचना महानगरले हटाउँछ – बालेन शाह


अब कानुन मिच्न दिने छैनौँ, अनधिकृत रुपमा बनाइएका संरचना महानगरले हटाउँछ – बालेन शाह

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताएका छन ।

उनले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुइँ तला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको काम गैरकानुनी रहेकाले यसलाई महानगरपालिकाले रोक्ने बताएका छन ।

सामाजिक सञ्जालमा उनले लेखेका छन : ‘अब मिचाह वर्गलाई कानुन मिची रहन र अझ मोटाइ रहन दिने छैनौँ । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

उनले सकेसम्म मिचाह प्रवृतिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहलाई दण्डित पनि गर्ने विकल्प आफूहरुसँग खुला रहेको पनि बताएका छन ।

अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानुनी कार्यको थप निरन्तरता रोक्न कारबाहीको चरणमा रहेको पनि बालेनको भनाइ छ । कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैँले गरेको कबुलियत उल्लङ्घन गरेको कार्यको तत्काल रोकथाम गर्नु महानगरको दायित्व भएको उनले बताए ।