काठमाडौँ – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन । सचिव भट्टराईले आज शुक्रवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकले आउँदो चुनावमा बहुमत ल्याउने सङ्कल्पसहितको सन्देश दिने दाबीसमेत गरे ।
उनले देशको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा एमाले नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै त्यही आवश्यकता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रीय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे ।
