मोटरसाइकलले ठक्कर दिँदा ७१ वर्षीय वृद्धको मृत्यु – Himalayan Dainik

मोटरसाइकलले ठक्कर दिँदा ७१ वर्षीय वृद्धको मृत्यु


मोटरसाइकलले ठक्कर दिँदा ७१ वर्षीय वृद्धको मृत्यु

काठमाडौँ – दाङमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वार निवासी मोतिलाल ओलीको मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

तुलसीपुर–५ रानी जरुवाका सुवास परियारले चलाएको मोटरसाइकलले अश्वारमै ठक्कर दिँदा घाइते भएका उनको कोहलपुरमा उपचार गर्न लैजाने क्रममा निधन भएको पारिवारिक सदस्य रणबहादुर ओलीले बताए ।

सो मोटरसाइकल कविराम चौधरीको रहेको र परियारलाई चलाउन दिएका थिए । दुर्घटनापछि मोटरसाइकल धनी र चालक दुवै जना फरार भएको ओलीले बताए ।