एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै – Himalayan Dainik

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै


एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाण्डौ –  नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।

निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा एकीकृत समाजवादीले भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो ।

गत वर्ष भदौ २ गते नेकपा एमालेबाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।