विराटनगर र सिमरामा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय सञ्चालनमा – Himalayan Dainik

विराटनगर र सिमरामा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय सञ्चालनमा


विराटनगर र सिमरामा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय सञ्चालनमा

काठमाण्डौ – सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय बिस्तार गरेको छ । बुधवार श्रम मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले भर्चुअलरुपमा दुई शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

औद्योगिक कोरिडोरलाई लक्षित गरी विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोक र जितपुर सिमरा उपमहानगरपालिका–४ एयरपोर्ट रोडमा स्थापना भएका सामाजिक सुरक्षा कोषका दुई शाखा कार्यालयले आजैदेखि सेवा दिन थालेका छन् ।

कार्यालयबाट रोजगारदाता तथा श्रमिकको सूचीकरण, अस्पताल आबद्धता, कोषले सञ्चालनमा ल्याएका योजना तथा विशेष सापटीको दाबी भुक्तानीलगायतका सेवा प्रवाह हुने सामाजिक सुरक्षा कोषले जनाएको छ।