काठमाण्डौ उपत्यकामा बन्द गराउँदै हिँड्ने २५ जना पक्राउ – Himalayan Dainik

काठमाण्डौ उपत्यकामा बन्द गराउँदै हिँड्ने २५ जना पक्राउ


काठमाण्डौ उपत्यकामा बन्द गराउँदै हिँड्ने २५ जना पक्राउ

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा बन्द गराउँदै हिँडेका २५ जना बन्दकर्ता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार वटा पार्टीले आह्वान गरेका बन्दमा काठमाण्डौ उपत्यकामा बन्द गराउँदै हिँड्ने २५ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

बन्दका कारण छोटो दुरीका गाडी सामान्य रूपमा चलेका छन् । लामो दुरीका गाडी भने फाट्टफुट्ट मात्रै चलेका छन् । बिहानको तुलनामा अहिले दिउँसो भने गाडीको चाप केही देखिएको छ । सडकमा गाडी चलाउन अवरोध नहोस् भनेर चोक–चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।