काठमाडौँ – नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ । एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
