बैतडीमा चितुवाको आक्रमणबाट दुई घाइते – Himalayan Dainik

बैतडीमा चितुवाको आक्रमणबाट दुई घाइते


बैतडीमा चितुवाको आक्रमणबाट दुई घाइते

काठमाडौँ – चितुवाको आक्रमणबाट बैतडीमा दुई जना घाइते भएका छन्। शिवनाथ गाउँपालिका ६ बसेडीका १३ वर्षीय पारस धनाडी र ६८ वर्षीय बहादुर दमाई चितुवाको आक्रमणबाट घाइते भएका हुन्।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पारसलाई आज बिहान विद्यालय जाने क्रममा चितुवाले आक्रमण गरेको हो। यस्तै बहादुरलाई गएराति ९ बजे शौचालय जाने क्रममा आक्रमणमा परेका हुन्।

आक्रमणबाट पारसको टाउको र पिठ्युमा र बहादुरको कम्मरमुनी खुट्टा र तिघ्रामा घाउ रहेको छ।