टिकापुर घटनाको ७ वर्ष पुरा , नागरिक उन्मुक्ति पार्टीले विद्रोह दिवसका रुपमा मनाउँदै – Himalayan Dainik

टिकापुर घटनाको ७ वर्ष पुरा , नागरिक उन्मुक्ति पार्टीले विद्रोह दिवसका रुपमा मनाउँदै


टिकापुर घटनाको ७ वर्ष पुरा , नागरिक उन्मुक्ति पार्टीले विद्रोह दिवसका रुपमा मनाउँदै

काठमाण्डौ –  कैलालीको टिकापुरमा भएको घटनाको सात वर्ष पुरा भएको छ । थरुहट र थारुवान तथा अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको घटनाको आज सात वर्ष पुरा भएको हो । घटना २०७२ साल भदौ सात गते भएको थियो । उक्त घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

घटनामा संग्लग्न रहेका रेशम चौधरीले जन्म कैदको सजाय अहिले पनि भोगिरहेका छन् । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आजको दिनलाई विद्रोह दिवसका रुपमा मनाउँदैछ । टिकापुर घटनालाई थरुहट र थारुवान संयुक्त मोर्चाले ‘कालो दिन’ का रुपमा लिएको छ ।

मोर्चाले चौधरीसहितका कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग राख्दै आएको छ । २०७२ सालमा संविधान जारी हुनु अगाडि तत्कालीन सेती र महाकाली अञ्चलका ९ जिल्ला एउटै प्रदेशमा समेटिनुपर्ने अखण्ड सुदूरपश्चिम पक्षधर र कैलाली तथा कञ्चनपुरलगायत पश्चिम तराईका बर्दिया, बाँके, दाङ, कपिलवस्तुलगायत पहाडी जिल्लाबाट अलग्गै थरुहट प्रदेशमा समावेश हुनुपर्ने लगायत माग राख्दै भएको आन्दोलनमा हिंसात्मक झडप हुँदा आठ जनाको ज्यान गएको थियो ।