घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ? – Himalayan Dainik

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?


घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं – सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । महासंघले हिजो चाँदीको कारोबार प्रतितोला १ हजार १७० रुपैयाँमा भएको जनाएको थियो । जुन, आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो ।