कविरामले पाए आफ्नै नामको नागरिकता – Himalayan Dainik

कविरामले पाए आफ्नै नामको नागरिकता


कविरामले पाए आफ्नै नामको नागरिकता

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ ।

गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुनस् नागरिकता दिन निर्देशन दिएपछि  ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे ।

२०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा कविरामको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । नाममै अमपमानु शिर्षकमा कान्तिपुरले समाचार लेखेपछि गृह मन्त्रालय र संसदको ध्यानाकर्षण भएको थियो ।

त्यसलगत्तै गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो ।

कविरामलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए ।

३३ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि कविराम खुसी भए । उनले भने, ‘नयाँ जुनी पाएको महसुस भएको छ ।’ आफ्नै नामबाट नागरिकता पाउला भन्ने सोचेकै थिइनँ । कविराको नागरिकतासँगै ‘कुकुर कामी’ नाम भएका अन्य प्रमाणपत्रहरु खारेज गरिने प्रजिअ प्याकुरेलले बताए ।